साभार स्रोत : e.onlinekhabar.comबलिउड नायकहरु प्रहरीको फन्दामा पर्ने क्रम रोकिएको छैन । बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय भोगिरहेका छन् । अर्का नायक सलमान खानलाई पनि १० बर्षको जेल सजाँय हुने सम्भावना बढ्दै गएको छ ।अब यो भिडमा बलिउड नायक अक्षय कुमार पनि परेका छन् । सन् २००९ मा आयोजना भएको एक फ्याशन शो मा पत्नी ट्विकल खन्नाको हातबाट अक्षयले आफ्नो जिन्स पाइन्टको फस्नर खोलाएका थिए ।
र्याम्पमा उत्रिएका अक्षयले एकाएक पत्नीको हातबाट यस्तो हर्कत गराएपछि त्यतिबेला सर्वाधिक आलोचना भएको थियो । उक्त घटना फेरी एकपटक बल्झने सम्भावना बढेको छ ।भारतिय संचारमाध्यका अनुसार बम्बे हाइकोर्टले मुम्बई प्रहरीलाई अक्षय र ट्विकलको विरुद्धमा अभियोग चलाउन आदेश दिएको छ । उक्त कार्यक्रम आयोजना गर्ने कम्पनीको सेक्रेटरीलाई भने अपराधबाट मुक्त गराइएको थियो । तर यो घटनामा अक्षय र ट्विकल भन्ने फन्दामा पर्ने संकेत देखिएको छ ।
see more at:
http://e.onlinekhabar.com/2013/07/19154/
Comments[ 0 ]
Post a Comment