साभार स्रोत: onlinekhabar.com साइकल भन्ने बित्तिकै हामीकहाँ मात्र होइन संसार भरिमै हेँपिएको सवारी साधन हो । यसलाई मोटरसाइकल, कार तथा अन्य सवारी साधनले थिँचेकै छन् । तर आफ्नो यो थिँचिएको छविलाई दमदार रुपमा माथि उठाउने क्रममा साइकलले ठूलै छलाङ मारेको छ । एक कम्पनीले यौन आनन्द प्रदान गर्ने साइकल बनाएपछि साइकल अब केवल सवारी साधन मात्र नभई यौन साथी पनि बन्ने भएको हो । सेक्स ट्वाय निर्माण गर्ने एक कम्पनीले यस्तो साइकलको निर्माण गरेको हो ।यो साइकलको सिट भाइब्रेसन युक्त छ ।
जसमा बसिसकेपछि भाइब्रेसन हुन्छ र बस्ने महिलालाई यौन आनन्द प्राप्त हुन्छ ।बेलायती सेक्सट्वाय कम्पनी सेक्स सप ३६५ ले बनाएको उक्त साइकललाई सेक्सभेन्सन नाम दिइएको छ, जसको सिटमा भाइब्रेटर राखिएको छ ।साइकल चलाउने मान्छे सिटमा बसेर साइकल गुडाउने बित्तिकै भाइब्रेटर भाइब्रेट हुनथाल्छ । यो भाइब्रेटरको गति चाहना अनुसार घटबढ गर्न सकिन्छ ।यो साइकलको भाउ ३७ अमेरिकी डलर तोकिएको छ । यो साइकल बेलायत र अमेरिकामा लोकपि्रय हुने अपेक्षा गरिएको छ । खासगरी युवतीहरुको रोजाइमा यो साइकल पर्ने विश्वास कम्पनीको छ ।
Comments[ 0 ]
Post a Comment