साभार स्रोत: नेपाली हेडलाइन्स
१९ साउन, काठमाडौ । बंगलादेशमा उत्पादन गरी विश्वका विभिन्न ८२ मुलुकमा बिक्री वितरण गर्दै आएको एग्रिकल्चर मार्केटिङ कम्पनीको उत्पादन ‘प्रान ब्रान्ड’ को पाइनापल जुसमा किरा र गनाउने लेदो भेटिएको छ।पर्वतको कुश्मास्थित समय जनरल स्टोर्सबाट उपभोक्ताले खान लागेको जुसमा कालो पदार्थसहित किरा फेला परेको हो । बिहीबार रानीपानी–२ पर्वतका गोपाल थापाले ३ वर्षीया छोरीलाई किनेर खुवाउने क्रममा तितो स्वाद भेटिएपछि गिलासमा खन्याएर हेर्दा किरा र सबै कालो भएको अखाद्य तरल पदार्थ भेटिएको थियो ।
थापाले छोरीलाई जुस खुवाउने क्रममा शुरूमा आफूले खाएर तितो भएपछि गिलासमा राखेर हेर्नुभएको थियो। गिलासमा हेर्दा कालो लेदो भेटिएको थियो भने खोलेर हेर्दा नाकै थुन्नुपर्ने गन्धसमेत आएको थापाले बताए ।
ओहाडत ट्रेड फुट लिमिटेड ललितपुरबाट वितरित ‘प्रान ब्रान्डको जुस बाग्लुङमा रहेको न्यू भगवती डिस्ट्रिब्यूटर्सले पर्वतको कुश्मामा बिक्री गरेको थियो। एक महिना अघिमात्रै उक्त क्यान जुस बजारमा वितरण भएको थियो। जुसमा अखाद्य कालो पदार्थ र किरा भेटिएपछि उपभोक्ताले स्थानीय सञ्चारकर्मीलाई खबर गरेका थिए भणे खबर नेपाल समाचार पत्रले लेखेको छ ।सन् २०१२ मा उत्पादन भएको उल्लेख गरिएको सो जुसको उपभोग्य मिति २०१४ सेप्टेम्बरसम्म लेखिएको छ। डिस्ट्रिब्यूटर्सका सञ्चालक सुदर्शन श्रेष्ठका अनुसार बंगलादेशमा उत्पादन भएको सो जुसमा आफुहरूलाई केही थाहा नहुने बताए ।
see more at:
http://nepaliheadlines.com/insects-found-in-can-juice.html
Comments[ 0 ]
Post a Comment