साभार स्रोत: नेपाली हेडलाइन्स
एजेन्सी । सुडानको राजधानी खार्तुममा भारी वर्षा र बाढीबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । यस प्रकोपबाट करिब तीन हजार घरहरू क्षति र ध्वस्त भएका स्थानीय अधिकारीहरूले जनाएका छन् ।८ घण्टा भन्दा लगातार परेको यस वर्षाबाट उम्बादाह इलाकाका दशभन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै तीन हजारभन्दा बढी घर क्षतिग्रस्त ध्वस्त भएको जनाइएको छ ।सुडानको राजधानी खार्तुमदेखि दुईसय किलोमिटर उत्तरमा पर्ने गोजिरा राज्यमा यस वर्षाबाट दुई सयवटा घर भत्किँएको जनाइएको छ ।
see more at:
http://nepaliheadlines.com/over-10-killed-in-sudan-s-heavy-rain.html
Comments[ 0 ]
Post a Comment