साउन, काठमाडौँ । सुन्धारा स्थित पर्वत शिखर गेष्ट हाउसको कोठा नम्वर ४०३ को शौचालयमा २५ बर्षीया बविता गुरुङ नाम गरेकी महिलाको धारिलो हतियारले घाटी रेटिएको अवस्थामा लास फेला परेको छ । निज बविता र नविन मगर काठमाडौँ बालाजु ठेगाना लेखाई उक्त गेष्ट हाउसमा साउन २२ गते राती दश बजे बसेको गेष्ट हाउसको रेकर्डबाट देखिएको छ ।
मगर गेष्टहाउस छाडी बाहिर निस्किएको र लामो समय सम्म फर्की नआएपछि उक्त गेष्ट हाउसका कर्मचारीले कोठामा गई हेर्दा शौचालयमा ती महिलाको लास धारिलो हतियारले घाटी काटिएको अवस्थामा फेला परेको थियो । प्रहरीले फरार रहेका मगरको हुलियाका आधारमा खोजि कार्यगरिरहेको जानकारी दिएको छ ।
Comments[ 0 ]
Post a Comment