साभार स्रोत: नेपाली हेडलाइन्स
चीनको संघाइमा संसारकै सवै भन्दा दोस्रो अग्लो बिल्डिङको मुख्य ढाँचा तयार भएको छ। यो बिल्डिङ सन २०१४ सम्ममा पुर्णरुपमा तयार हुने अनुमान छ । सांघाई टावर नाम दिएको यो बिल्डङको उचाई ६३२ मिटर (२०७३ फिट) छ ।सांघाइ टावर युएईमा रहेको बुर्ज खलीफा पछी दोस्रो ठुलो टावर हो।
बुर्ज खलिफाको उचाइ ८२८ मिटर रहेको छ।यस भण्दा अघी ताइवानको ताइपेयी १०१ संसारको दोस्रो अग्लो बिल्डिङ थियो ।सांघाई टावरको निर्माण कार्य सन २००८ मा शुरु भएको थियो। यसलाई अमेरिकी आर्केटक्स कम्पनी जेंसलेरले डिजाइन गरेको हो ।यो बिल्डिङमा १२१ वटा तला छन् ।
see more at: http://nepaliheadlines.com/2-thousand-feet-building-made-in-china.html
Comments[ 0 ]
Post a Comment