साभार स्रोत : नेपाली हेडलाइन्स
पाकिस्तानी मुलकी नायीका बीना मलिकले अभिनय गरेको पहिलो दक्षिण भारतीय चलचित्र कन्नडको रिलीज भएको आज ४ दिन पुगेको छ । चलचित्र रिलिज भएको चार दिन पुग्दा नपुग्दै कतिपय हलहरूमा चलचित्र प्रदर्शनमा रोक समेत लगाइएको छ । उनले अभिनय गरेको उक्त चलचित्रमा उनले दिएका दृश्यहरू निकै हट तथा सेक्सी भएको भन्दै हिन्दु संगठन श्रीराम सेनाले उक्त चलचित्रको विरोध गर्दै विभीन्न शहरमा रोक लगाएको छ । चलचित्रको सुरूवातका दिनमा निकै राम्रो प्रतिक्रिया आएको चलचित्रको प्रदर्शनमा रोक लगाइएपछी चलचित्र युनिटलाई निकै घाटा समेत लागेको छ ।
निकै हट सिनहरू दिएर चलचित्रलाई हट तथा सेक्सी बनाएकै कारण मात्र नभइ नायीका पाकिस्तानी मुलकी भएकाले पनि श्रीराम सेनाले यस्तो गरेको आरोप चलचित्रका निर्देशन त्रिशुलले लगाएका छन् । निर्देशक त्रिशुलले आफुहरूले पाकिस्तानसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताएका छन् । यसरी बिना मलिकको चलचित्रमा रहेको अभिनयलाई लिएर चलचित्रमा रोक लगाउनु निकै दुखद भएको उनको भनाई छ भने यता नायीका मलिक पनि यस कार्यप्रति निकै दुःखी छिन् । चलचित्रमा बिनाले धेरैनै हट सिनहरू दिएको बताइएको छ । श्रीराम सेनाले चलचित्रमा रहेका यीनै हट सिनका कारण चलचित्रमा रोक लगाइएको बताउँदै आएको छ ।
see more at:
http://nepaliheadlines.com/veena-malik
Comments[ 0 ]
Post a Comment