साभार स्रोत: नेपाली हेडलाइन्स
जापानले पहिलोपटक अन्तरिक्षमा बोल्ने रोबोट पठाएको छ । किरोबो नामको बोल्ने रोबोट पहिलोपटक जापानले अन्तरिक्षमा पठाएको हो । जापानले आइतबार तानेगासिमाबाट अन्तरिक्षमा उक्त रोबोट प्रक्षेपण गरेको हो । उक्त बोल्ने रोबोटले अन्तरिक्षमा पुगेर पृथ्वीमा रहेको अर्को रोबोटसँग कुराकानी गर्नेछ । यो रोबोट युनिभरसिटी अफ टोक्योका रोबोट डिजाइनर टोमोटाका ताकाहासीले बनाएका हुन् ।
उनले बनाएको उक्त किरोबो रोबर्ट करिब ३४ सेन्टिमिटरको रहेको छ भने यस रोबोटमा मानिस को जस्तै रिसाउने, हास्ने, तथा अन्य बानी समेत भएको बताइएको छ । रोबोट बनाएका ताकाहासीले रोबोटलाई अन्तरिक्षमा पठाउनु अन्तरिक्षको इतिहासमा एउटा नयाँ अध्याय थपिएको बताएका छन् ।
तस्विरः एजेन्सी
see more at:
http://nepaliheadlines.com/japan-sends-talking-robot-first-time-in-space.html
Comments[ 0 ]
Post a Comment