साभार स्रोत: नेपाली हेडलाइन्स
२६ साउन, नयाँ दिल्ली । उत्तरी भारतको हरियाणाका एक किसानले एउटै भैसी बेचेर २५ लाख भारतीय रूपैयाँ अर्थात् ४० लाख नेपाली रूपैया कमाएका छन् । कपुर सिंह नामका ती किसानले यतिधेरै मूल्यमा भैसी बेचेर रेकर्ड बनाएका छन् । उनले मुर्रा जातको भैसीको नाम लक्ष्मी हो ।
मुर्रा जातको भैसीले बढी दुध दिने भएकाले यसको माग पनि बढी नै हुने गर्छ । यी भैसी बढी दुध दिने भएकाले प्रतिष्ठित छन् र किसान यसप्रतिलोभीन्छन् । यति मात्रै होइन, उक्त भैसी पाल्न पाउनुलाई किसानहरू गौरव ठान्छन् । यो जातको सामान्य भैसी बिक्री गरेर पनि कार किन्न सकिन्छ ।
उक्त लक्ष्मी नामको भैसी किनेका राजीव सरपञ्चले बेष्ट क्याटल प्रतियोगितामा सहभागी गराउने तयारी गरिसकेको हिन्दुस्तान टाइम्सलाई बताएको समाचार आजको कान्तिपुरले प्रकाशित गरेको छ ।
Comments[ 0 ]
Post a Comment