साभार स्रोत: नेपाली हेडलाइन्स
२४ साउन, काठमाडौ । यदी अमेरिकी राष्ट्रपतिले आफू बसेको राष्ट्रपति भवन व्हाइट हाउसको साच्चै घरभाडा तिरेर बस्ने हो भने उनी वर्षमा छ महिना भन्दा बढी बस्न नसक्ने तथ्य सार्वजनिक भएको छ । बाराक ओबामाले कमाउने जति रकम खर्च गर्ने हो भने पनि बाराक ओबामालाई करिब १ सय ३२ वटा कोठा रहेको व्हाइट हाउसमा ६ महिना मात्र बस्न पुग्ने एक अनलाइन रियल स्टेस वेबसाइटले बताएको छ ।
उक्त वेबसाइटले राष्ट्रपति भवन व्हाइट हाउसलाई यदी घरभाँडामा दिने हो भने त्यस भवनको महिना करिब १.८ मिलियन डलर पर्ने बताएको छ । घर भाँडा र बाराक ओबामाको तलब हिसाब गर्दा ओबामाको १ वर्षको तलब बराबर उक्त घरको ६ महिनाको घर भाँडा हुन आउँछ । वेबसाइटले व्हाइट हाउस बिक्री गर्न चाहेमा घर मालिकले उक्त घरको करिब ३ सय १९ मिलियन डलर पाउने बताएको छ । र उक्त घरको वार्षीक कर १ लाख ९ हजार डलर हुने समेत रियल स्टेट वेबसाइटले जनाएको छ । यस्तै उक्त घरका लागि घरमालिकले बिमा वापत प्रतिमहिना ९२ डलर तिर्नुपर्ने हुन्छ ।
see more at:
http://nepaliheadlines.com/obama-couldn-t-pay-the-rent-of-white-house.html
Comments[ 0 ]
Post a Comment