साभार स्रोत: अनलाइनखबर:
दिनको कम्तीमा ५ कप चिया पिउने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम हुने एक अध्ययनले देखाएको छ । नेदरल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययनले दिनको ५ कप वा त्यो भन्दा बढि चिया पिउने पुरुषमा चौथो तहको प्रोस्टेट क्यान्सरको खतरा ३३ प्रतिशतले कम हुने देखाएको हो । त्यस्तै कम्तिमा एक कप चिया खाने पुरुषमा दोश्रो तहको प्रोस्टेट क्यान्सर विकाश हुने सम्भावना २५ प्रतिशतले कम हुन्छ ।दोश्रो चरणको प्रोस्टेट क्यान्सर भनेको प्रोस्टेट क्यान्सरको त्यो अवस्था हो जहाँ प्रोस्टेट ग्रन्थीमा टयुमर पलाउँछ तर त्यस्ता टयुमर अन्त फैलिएको हुँदैन ।
जबकी चौथो तहको प्रोस्टेट क्यान्सरका बेला यस्ता टयुमर लिम्फ नोड, हाड तथा कलेजो लगायतमा फैलिएको हुन्छ ।चियामा पाइने फ्लाभिनोइड्स तत्वले क्यान्सरजन्य कोषको वृद्धि रोक्ने काम गर्छ । चियामा दुध, चिनी तथा कागती मिसाए नमिसाएको कुराले त्यसलाई केही फरक नपार्ने र सबैको प्रभाव एउटै हुने शोधकर्ताहरुको भनाइ छ ।चियाको सेवनले प्रोस्टेट क्यान्सरको खतरा कम गर्ने निष्कर्षनिकाल्नका लागि वैज्ञानिकहरुले ५८ हजार भन्दा बढि मानिसमा अध्ययन गरेका थिए । एक कप चियामा डेढ सय देखि दुइ सय मिल्रि्राम सम्म फ्लाभिनोइड्स तत्व पाइन्छ ।
see more at :
http://www.onlinekhabar.com/2013/08/101356/
Comments[ 0 ]
Post a Comment