साभार स्रोत: नयाँ पत्रिका बनोस आयर्स/ अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोना विवादमा आइरहने फुटबलरमध्ये अगाडि पर्छन् । खेलाडीदेखि फुटबल प्रशिक्षकको भूमिकासम्म निर्वाह गरिसकेका म्याराडोना आफ्नो फरक–फरक प्रस्तुतिका कारण मिडिया आइरहने गर्छन् । अझ स्वीकृतिविना पत्रकार वा फोटोग्राफरले केही काम गरे उनी यति रिसाउँछन् कि सायद त्यसको मोलतोल नै छैन ।डेढ महिनाअघि बुनोस आयर्समा २३ वर्षीया प्रेमिकासँग कालो कारमा विमानस्थलबाट फर्किरहँदा एक फोटोग्राफरले फोटो लिने प्रयास गरेका थिए । म्याराडोनाले आफ्नो अनुमतिविना फोटो किन लिएको भन्दै ती फोटोग्राफरसँग झगडा नै गरे । ती फोटोग्राफरलाई म्याराडोनाले ‘मार्सल आर्ट’को किक प्रहार गरेका थिए ।
सो घटना सेलाउन नपाउँदै पुन: म्याराडोनाले फोटोग्राफरलाई कुटपिट गरेको समाचारबाहिर आएको छ । ‘जेन्टे’ पत्रिकाका फोटोग्राफर इन्विय मेडिनाले प्रहरीसमक्ष म्याराडोनाले आफूमाथि हमला गरेको रिपोर्ट दर्ता गरेका छन् ।सोही रिपोर्टका आधारमा म्याराडोना पुन: विवादको घेरामा परेका हुन् । गत आइतबार म्याराडोनाका बुवाको घरअगाडि फोटो लिने प्रयासमा आफूमाथि सांघातिक हमला गरेको दाबी मेडिनाले गरेका छन् । ‘म्याराडोना मध्यरातमा बुवाको घरमा आएका रहेछन् । पत्रिकाका लागि त्यो फोटो स्कुप हुने सम्झेर घरअगाडि बसेँ । केही फोटो लिने प्रयास गर्दा एक्कासि म्याराडोना ममाथि निहुँ खोजे,’ प्रहरीलाई दिइएको बयानमा मेडिनाको भनाइ छ ।
सामान्य कुराकानीबाट सुरु भएको घटनाले ठूलै मोड लिएको उनले बताए । ‘म बसिरहेको ठाउँमा म्याराडोना दौडेर आए । त्यसपछि ममाथि किक प्रहार गर्न खोजे,’ सन् १९८६ विश्वकप फुटबल विजेता टोलीका कप्तान म्याराडोनाको चर्तिकला सुनाउँदै मेडिनाले भने, ‘मेरो बायाँ खुट्टामा उनले हाने । म्याराडोनाको किक यति कडा थियो कि अहिलेसम्म दु:खी रहेको छ ।’सामान्य मानिसले मार्सल आर्टको जस्तो किक प्रहार गर्न नसक्ने मेडिनाको भनाइ छ । ‘यस प्रकारको किक सामान्य मानिसले प्रहार गर्न सक्दैन । मलाई लाग्छ, म्याराडोनाले यसका लागि धेरै प्रयास गरेको हुनुपर्छ,’ उनले भने ।
see more at:
#nayapatrika
Comments[ 0 ]
Post a Comment