साभार स्रोत: नेपाली हेडलाइन्स
भारतको बिलासपुर नजिकै एक ७ वर्षीय बालिकाको एक व्यक्तिले बलात्कार गरेका छन् । अपरिचित व्यक्तिले रेलमा बाथरूम गएकी ७ वर्षकी बालिकाको बलात्कार गरेका हुन् । बलात्कार पछी ती अपरिचित व्यक्तिले ती बालिकालाई १० रूपैयाँको नोट पनि दिएका थिए । बलात्कार पछी ती बालिकालाई ती व्यक्तिले रेल स्टेशनमा छाडेका थिए । बालिकालाई घाइते अवस्थामा भेटेपछी उनलाई नजिकैको अस्पतलामा लगिएको थियो ।
ती बालिकाले दिएको प्रहरीलाई दिएको बयानमा आफूलाई एक अपरिचित व्यक्तिले बाथरूम जाँदा पछ्याएको र त्यहाँ बलात्कात गरेको बताएकी छिन् । उनले आफूलाई उसले १० रूपैयाँको नोट दिएको बताइन् । यद्यपी प्रहरीले भने यस घटनाका बारेमा आफूहरू स्पष्ट हुन नसकेको भन्दै बालिकाको अवस्था केही सामान्य भएपछी मात्र घटनाबारे जानकारी लिएर ती व्यकतिको खोजी गरिने बताएका छन् ।
see more at:
http://nepaliheadlines.com/man-rapes-7-year-old-on-train.html
Comments[ 0 ]
Post a Comment