साभार स्रोत नेपाली हेडलाइन्स
२७ साउन,एजेन्सी। तपाईलाई पत्यार नलाग्न सक्दछ तर १ लाख मानिसले मंगलग्रह जाने फारम भरेका छन्। मंगलग्रह जाने मानिसले फेरी धर्तीमा भने फर्कने छैनन् । एक लाख मानिसले मंगलग्रह जाने एक तर्फी फारम भरेका हुन्।मंगलग्रहमा मानिस लैजाने महत्वकांक्षी योजना सन २०१२ मा शुरु हुँदैछ।मंगलग्रहमा मानिस बाँच्न सक्ने नसक्ने तय नहुँदै खर्बौ खर्च लाग्ने यो प्रोजेक्टप्रति मानिसहरुले निकै रुची देखाएका छन् ।'द मार्स वन' नाम गरेको यो प्रोजेक्टमा अझै लाखौ मानिसले फारम भर्दै गरेकाले मंगलग्रह जान चाहने मानिसको संख्या अझै बढ्ने 'द मार्स वन प्रोजेक्ट'का सिइओ बास लान्सड्रपले बताएका छन।
मंगलग्रह जाने यो फारम भर्न कम्तिमा १८ वर्षको हुनु पर्नेछ भने अमेरिकी नागरिकले यसका लागी ३८ डलर तिर्नु पर्ने हुन्छ।प्रत्येक देशको प्रतिव्यक्ति आए अनुसार फारको लागी फरक फरक शुल्क तय गरिने 'द मार्स वन प्रोजेक्ट' ले जनाएको छ।द मार्सले मंगल ग्रह जान इच्छुक मानिसबाट सवै महादेशबाट पर्न गरेको ४० जना मानिस छान्ने छ। ती मध्य चार जना सन २०२२ को सेप्टम्वरमा मंगलग्रह तर्फ उड्नेछन् , उनिहरु सन २०२३ को अप्रिलमा मंगलग्रह पुग्ने अनुमान छ तर उनिहरु कहिल्यै पनि पृथ्वी भने नफर्कने द मार्सले जनाएको छ।त्यसपछि अन्य मानिसहरुलाई पनि मंगल गरेर मानव वस्ती बसाउने योजना द मार्सको छ।
केही विशेषज्ञहरुले यसलाई निकै खतरनाक योजना भनेका छन्।
see more at:
http://nepaliheadlines.com/one-lakhs-people-apply-for-mars-mission.html
Comments[ 0 ]
Post a Comment