साभार स्रोत: अनलाइन खबर
बलिउड स्टार सलमान खान कानूनी झमेलामा फसेका कारण फिल्म ‘किक’ का निर्माताहरु बिलखबन्दमा परेका छन् । किकको टिम अहिले फिल्म शुटिङका लागि बेलायतमा पुगिसकेको छ तर सलमान खान पनि त्यहाँ जान पाएका छैनन् । सलमानलाई बेलायतको भिसा मिलाउन निकै कठीन भयो । पहिलो पटक भिसाका लागि आवेदन दिँदा उनलाई भिषा दिइएन र दोश्रो पटकको आवेदनमा उनले बल्लतल्ल बेलायतको भिसा पाए । भिसा त पाए तर उनी अझै बेलायत उड्न सकेका छैनन् ।शेड्युल अनुसार किकको सुटिङ जुलाई २७ मा सुरु हुनेवाला थियो । तर धेरै दिन पछिसम्म पनि शुटिङ सुरु हुन सकिरहेको छैन । सलमानका विरुद्धमा अदालतमा मुद्दा चलिरहेको हुँदा उनी तत्कालै बेलायत उड्न सक्ने हालतमा छैनन् ।
गाडीले ठक्कर दिएर मान्छे मारेको मुद्दा खेपिरहेका सलमानमाथिको मुद्दाको सुनुवाई आगामी अगष्ट १९ मा हुँदैछ ।किकका प्रोड्युसर साजिद नाडियावालाले बेलायतमा शुटिङ टोली सहित सलमानलाई पर्खिरहेका छन् । लामो समयसम्म बेलायतमा पर्खिनुपर्दा साजिदको खर्च बढिरहेको छ । सलमान निकट श्रोतका अनुसार उनी अब छिटै बेलायत उड्दैछन् । तर यदि अदालतले इजाजत नदिएमा उनी अगष्ट १९ का दिन अदालतमा उपस्थित हुनका लागि बेलायतबाट फर्किनुपर्नेछ । यस्तो अवस्थामा दुइ चार दिनका लागि बेलायत उड्ने नउड्ने ? यो विषयमा सलमान द्धिविधिमा छन् ।
see more at:
http://e.onlinekhabar.com/2013/08/19595/
Comments[ 0 ]
Post a Comment