साभार स्रोत: इमेज च्यानल
श्रीनगर, श्रावण २२ । भारत प्रशासित जम्मु–काश्मीरको पूँछ क्षेत्रमा भारत–पाकिस्तानको नियन्त्रण रेखामा भएको आक्रमणमा पाँच भारतीय सैनिक मारिएका छन् । भारतीय सेनाको एक क्याम्पमा आक्रमण हुँदा पाँच जना मारिएको भारतीय सैन्य अधिकृतलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।घटनामा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतीय सेनाले पाकिस्तानी सेना भारतीय क्षेत्रमा प्रवेश गरी आफूहरुलाई धरापमा पारेको दाबी गरेको छ । जम्मु कश्मीरका मूख्यमन्त्री उमर अब्दुल्लाले ट्वीटर मार्फत नियन्त्रण रेखामा भएको आक्रमणमा पाँच जना भारतीय सैनिक मारिएको उल्लेख गरेका छन् ।
भारतका केन्द्रीय गृह राज्यमन्त्री आरपीएन सिंहले घटना दूर्भाग्यपूर्ण भन्दै यसले भारत–पाकिस्तान सम्बन्धमै असर पार्नसक्ने बताएका जनाइएको छ ।पाकिस्तानी सेनाले भने भारतीय दाबी आधारहीन भन्दै सीमामा गोलीबारी नै नभएको दाबी गरेको छ । पाकिस्तानमा नवाज शरिफ प्रधानमन्त्री भएपछि भारतसँग शान्ति वार्ताको तयारी भईरहेको बेला यो घटना भएको हो ।काश्मीरका विषयमा भारत र पाकिस्तानबीच ६० वर्षदेखि विवाद कायम छ ।
see more at:
http://imagechannels.com/samachar/thap_janakari/30109
Comments[ 0 ]
Post a Comment