साभार स्रोत: इमेज च्यानल
न्यूर्योक, श्रावण २२ । अन्तर्राष्ट्रिय आतंकवादी सन्जाल अलकायदाले अमेरिकी हमलाको योजना बनाइरहेको प्रमाण अमेरिकी गुप्तचर विभागले सार्वजनिक गरेको छ । अलकायदा प्रमुख अयमान अला जवहिरी र यमनमा रहेका अलकायदाका नेता नासिर अल बुहाएसीबीच अमेरिकी हमलाको योजनाको टेलिफोन कुराकानी अमेरिकी गुप्तचर विभागले सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
हमलाको योजना सन् २००९ को अमेरिकी हमलापछिको दोस्रो भएको पनि बताइएको छ । यी दुईनेताबीच कुन देशमा आक्रमण गर्ने भन्नेबारेमा केही नखुलेको पनि जनाइएको छ ।अलकायदाको योजनालाई ध्यानमा राखी अमेरिकाले मध्यपूर्वका २० वटा राष्ट्रमा रहेका अमेरिकी दूतावास र वाणिज्य विभाग बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।यता, बेलायतले यमनको भ्रमण नगर्न आफना नागरिकहरुलाई सचेत तुल्याएको छ
see more at:
http://imagechannels.com/samachar/thap_janakari/30099
Comments[ 0 ]
Post a Comment