साभार स्रोत: नेपाली हेडलाइन्स
प्रविधीको यो समयमा दिनदिनै केहीन केहि नयाँ प्रविधीको विकास भएरहको छ । हरेक दिन नयाँ प्रविधीको आविस्कार भइरहेका बेला अर्को नयाँ प्रविधीको विकास भएको छ । तपाईले आफ्नो ल्यापटप अब सूर्यको प्रकाशबाटै चार्ज गर्न सक्नुहुनेछ । नयाँ प्रविधी अनुसार तपाईले आफ्नो ल्यापटप अब करिब २ घण्टामा नै चार्ज गर्न सक्नुहुनेछ । सायद यो सुन्दा धेरैलाई यस्तो पनि हुन्छ भन्ने लाग्न सक्छ तर यो सत्य हो । क्यानडामा यस्तो प्रविधीयुक्त ल्यापटप विकास गरिएको छ जुन ल्यापटप बिना बिजुली चार्ज हुन्छ अर्थात् ल्यापटपलाई चार्ज गर्नको लागी मात्र सूर्यको प्रकाश भए पुग्छ ।
क्यानडाको WeWi कम्पनीले एउटा यस्तो ल्यापटप तयार गरेको छ जसमा सोलार प्यानल जडान गरिएको छ ।यो नयाँ प्रविधीमा सोलार प्यानललाई यस्तो तरिकाले ल्यापटपमा राखिएको छ की त्यो प्यानललाई ल्यापटपमा कनेक्ट गरेर राख्न पनि सकिन्छ र आवश्यक परे झिकेर राख्न पनि सकिन्छ । जब चार्ज गर्नुपर्ने हुन्छ उक्त प्यानललाई सूर्यको प्रकाशतर्फ देखाएर राखेपछी ल्यापटप करिब दुई घण्टामा फुल चार्ज हुन्छ । यो ल्यापटप विषेशगरी बिजुलिको समस्या भएको ठाऊँलाई विचार गरेको बनाईएको कम्पनीले बताएको छ ।
see more at:
http://nepaliheadlines.com/laptop-could-be-charged-using-solar-power.html
Comments[ 0 ]
Post a Comment