साभार स्रोत: नेपाली हेडलाइन्स
खोटाङ जिल्लामा ९ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरेका छन् । नाताले काका पर्ने २६ वर्षका जापान राईले जंगलमा घाँस काट्न गएको समयमा बालिकालाई बलात्कार गरेको हो ।
राखा ४ की बालिकालाई बलात्कार गर्ने युवा फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएका छन् । उजुरी परेपछि बलात्कारीको खोजी कार्यलाई तिब्रता दिइएको प्रहरीले जनाएको छ ।घटना लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएपनि प्रहरीले कारबाहीका लागि कुनै चासो नदेखाएको पीडित बालिकाको आमाले बताइन् ।
see more at:
http://nepaliheadlines.com/aafnai-kakale
Comments[ 0 ]
Post a Comment