साभार स्रोत:
नेपाली हेडलाइन्स
। यौन सम्पर्क कायम गर्न नपाएको झोकमा पत्नीलाई कुटेर घरबाट निकाल्ने पुरूषलाई जिल्ला अदालतले २४ घण्टाभित्र अदालतमा उपस्थित हुन अन्तरिम आदेश जारी गरेको छ । भीमफेदी ६ दम्कीका ५५ वर्षिय रामचन्द्र सुनारलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र उपस्थित हुन अदालतले आदेश गरेको हो ।
४९ वर्षीय पत्नी चम्पामाया सुनाले पति रामचन्द्रका विरूद्ध बिहिबार अदालतमा सुनुबाई भएको हो । अन्तरिम आदेशमा पत्नी चम्पामायालाई घरमा बस्न-खान दिनु, कुटपिट नगर्नु र सभ्य र शिष्ट व्यवहार गर्न आदेश गरेको छ । सधै पतिले यौन सम्पर्क गर्न खोज्ने, यौन सम्पर्क गर्न नदिएपछी पटकपटक घाइते हुनेगरी पिट्ने गरेको अदालतमा दिएको उजुरीमा उललेख छ । ७ सन्तानकी आमा सुनारले विगत ९ वर्षदेखी यौनजन्य हिंसा भोग्दै आएको बताइन् ।
see more at:
http://nepaliheadlines.com/srimati-sanga
Comments[ 0 ]
Post a Comment