नेपाली फुटबल टोली भोलि बहराइन जाने
Saturday, August 3, 2013
साभार स्रोत: अनलाईनखबर
१९ साउन, काठमाडौं । भदौ १६ गतेबाट काठमाडौंमा सुरु हुने साफ च्याम्पियनसिप फुटबलको तयारीका क्रममा नेपाली राष्ट्रिय टोली आइतबार बहराइन जाने भएको छ । भ्रमणका क्रममा नेपाली टोलीले २ साता अभ्यासका साथै केही मैत्रिपूर्ण फुटबल खेल्नेछ दुवईको २३ वर्षमुनीको टोलीबाहेक अन्यसँगको खेल भने तय भएको छैन । नेपाली टोली दुई सातापछि कुवेत जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफको तयारीका क्रममा ३० खेलाडी झण्डै दुई महिनादेखि प्रशिक्षणमा छन् ।
बहराइन जानुअघि एन्फाले शनिबार २५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा गोलरक्षकहरु किरण कुमार लिम्बु , रितेश थापा र बिशाल श्रेष्ठ छन् ।यस्तै सागर थापा, संदिप राई, रोहित चन्द , बिराज महर्जन , रबिन श्रेष्ठ, सबिन्द्र श्रेष्ठ, बिजय धिमाल, अनन्त तामाङ्ग र जगजित श्रेष्ठ छन् । यस्तै राजु तामाङ्ग, भोलानाथ शिलवाल, बिजय गरुङ्ग, बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जुमानु राई, भरत खवास, संतोष साहुखल र अनिल गुरुङ्ग र बिमल धर्ती मगर छन् ।
उनीहरुमध्ये रोहित चन्द र भारत खबास भने भ्रमण टोलीमा सहभागी हुने छैनन् । रोहित इण्डोनेसियाको लिग खेलिरहेका छन् भने भरत आर्मीको तालिममा छन् । भरत शनिबार केहीबेर प्रशिक्षणमा सहभागी भएका थिए ।आगामी भदौ १६ गतेबाट सुरु हुने साफ च्याम्पियनसिपमा नेपाल गठिन समूहमा परेको छ । नेपाल रहेको समूह एमा ५ पटकको विजेता भारतसँगै पाकिस्तान र बंगलादेश छ भने समूह बीमा अफगानिस्तान,माल्दिभ्स, श्रीलंका र भुटान छ । नेपालको पहिलो खेल १६ गते साँझ साढे ६ बजे बंगलादेशसँग हुनेछ ।
Tags:
National News
Comments[ 0 ]
Post a Comment