साभार स्रोत:अनलाइन खबर
कालेबुङका कम्युनिष्ट पनि सडकमा ओर्लिए
२८ साउन, काठमाडौं । भारतको दार्जीलिङमा चलिरहेको अलग गोर्खाल्याण्ड आन्दोलनमा नेपालका माओवादीले सघाइरहेको र नेपालबाट दार्जीलिङमा अस्त्र एवं पैसासमेत गइरहेको भारतीय गुप्तचरको दाबी छ । नेपाली भाषाको भारतीय पत्रिका हिमालयन दर्पणमा सोमबार प्रकाशित ‘नेपालका माओवादीहरुको मोर्चासँग सम्पर्क रहेको गुप्तचर रिपोर्ट’ शीर्षकको समाचारमा यस्तो दाबी गरिएको छ ।तर, नेपालमा दुईवटा माओवादी पार्टी रहेकोमा कुन माओवादीसँग गोर्खाल्याण्डको सम्बन्ध छ भन्ने रिपोर्टमा खुलाइएको छैन । हिमालयन दर्पणको समाचारमा भनिएको छ- ‘मुख्यमन्त्री ममता ब्यानर्जीले बन्द खोलाउन ७२ घण्टाको समयसीमा दिएपछि गुप्तचर रिपोर्टको कुरा सार्वजनिक गरेर राज्य सरकारले मोर्चामाथि बदाब बढाउने रणनीति बनाएको हो ।
स्मरण रहोस् राज्य गुप्तचर पुलिसका अतिरिक्त डिजी जिएम प्रभु राजशेखर रेड्डी पहाडको वर्तमान स्थितिको स्थलगत निरीक्षण गर्न दार्जीलिङ गएका थिए । केही दिन पहाड बसेर महानगर फर्केका रेड्डीले राज्य सचिवालयमा जुन रिपोर्ट सुम्पे, त्यसमा मोर्चा नेताहरुको नेपालका माओवादीहरुसँग सम्पर्क रहेको दाबी गरिएको छ ।’हिमालयन दर्पणका अनुसार गोर्खा मुक्ति मोर्चाका नेता विमल गुरुङलाई आवश्यक परे नेपालमा शरण दिन माओवादीहरुले आश्वासन दिएको समेत भारतीय गुप्तचरको दाबी छ । यसबारे दर्पणमा लेखिएको छ- ‘राज्य सचिवालय सूत्रले बताएअनुसार स्थिति आए विमल गुरुङलाई नेपालमा आश्रय दिने आश्वासन पनि माओवादीहरुले दिएको दाबी रिपोर्टमा गरिएको छ । रिपोर्टमा दाबी गरिए अनसार नेपालका माओवादीहरुसँग मोर्चा नेताहरुको सेतुको कार्य सिक्किमको एउटा गुम्बाले गरिरहेको छ । तिनीहरुले पनि मोर्चा नेताहरुलाई कोष पठाइरहेको दाबी गरिएको छ ।’भारतीय गुप्तचरको रिपोर्टमा पहाडको आन्दोलनलाई समतलसँग मिलाउने प्रयास भइरहेको पनि उल्लेख भएको समाचारमा उल्लेख छ । गोर्खाल्याण्ड आन्दोलनलाई ‘अर्को एउटा छिमेकी’ले पनि सघाइरहेको गुप्तचरको रिपोर्टमा उल्लेख छ ।
भारतीय कम्युनिष्टसमेत गोर्खाल्याण्डको पक्षमा
यसैवीच कालेबुङका कम्युनिष्टहरु पनि गोर्खाल्याण्डको समर्थनमा आन्दोलनमा उत्रिएका छन् । आइतबार कालेबुङमा क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टीले अलग गोर्खाल्याण्ड बनाइनुपर्ने माग गर्दै पहिलोपटक जुलुस निकालेको हो
see more at:
http://www.onlinekhabar.com/2013/08/104692/#.UghWrHnxIKY.facebook
Comments[ 0 ]
Post a Comment