साभार स्रोत: नेपाली हेडलाइन्स
६८ वर्ष आजकै दिन अर्थात सन १९४५ को अगस्ट ६ मा जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको थियो। हिरोशिमा लाखौ मानिसले मृत्यु अंगाले, लाखौ मानिस अंगभंग भए। हिरोशिमामा मात्र १ लाख ४० हजार मानिस मरेका थिए।१ लाख ४० हजारको बलि दिएर पनि अमेरिका अघाएन र तीन दिनपछी जापानको अर्को शहरमा नागासाकीमा आणविक बम खसाल्यो।नागासाकीमा ८० हजारले ज्यान गुमाए। दोस्रो विश्वयुद्धको उत्कर्षमा जापानले आत्मसमर्पण गर्यो ।जापानका दुइ शहरमा जहाँ आणविक बम खसालिए ति मानव बस्ति थिए,त्यहाँ कुनै हतियारका कारखान थिएनन्, कुनै सैनिक अड्डा थिएनन्। जापानामाथी गरिएको आक्रमणको यति ठुलो सैनिक महत्व थिएनन्। अमेरिकाले कम क्षतिमापनि युद्ध जित्न सक्थ्यो।
यो मानवजाति माथी भएको आणविक हमला थियो जसको मारमा जापान परेको थियो ।
आक्रमणको जग
वास्तवमा अमेरिकी आक्रमण शक्ति प्रदर्शन का लागी बढि थियो । सन १९४५ को जुलाइमा पोट्सड्याममा त्रिदेशिय शान्त सम्मेलन भएको थियो। उक्त सम्मेलनमा सोभियत संघबाट जोसेफ स्टालिन, बेलायतमा विन्स्टन चर्चिल र अमेरिकीबाट हेरी ट्रुम्यान सहभागी थिए।सम्मेलनमा अमेरिकी राष्ट्रपति हेरि ट्रुम्यानले अमेरिकासंग एउटा नयाँ सुपर हतियार गरेको घोषणा गरेका थिए। उनि सोभियत नेता जोसेफ स्टालिनको आँखामा डर देख्न चाहन्थे । तर स्टालिनले यस्तो प्रतिक्रिया दिएकी अमेरिकाले केही ठुलो गरेकै छैन्। यसको केही दिन पछि नै अमेरिकाले जापानको हिरोशिमा र नागासाकी रगतको होली खेल्यो ।पोट्सड्याम सम्मेलनबाट अमेरिकाले जापानलाई तत्काल आत्मसमर्पण गर्न भनेको थियो, आत्मसमर्ण नगरे ठुलो विनाश निम्तिने चेतावनी पनि अमेरिकाले दिएको थियो। सोभियत संघ र बेलायतले भने जापानलाई आत्मसमर्पण गर्न भनेका थिए।मे ८ मा जर्मनीले आत्मसमर्ण गरिसकेको र जापान एक्लिसकेको समयमा यो सम्मेलन भएको थियो।
तर जापानले आत्मसमर्पण गर्न अस्विकार गर्यो ।
फ्याट म्यान भन्दा लिटल ब्वाइ घातक
सन १९४५ अगस्ट ६ मा हिरोशिमामा लिटल ब्वाइ र अगस्ट ९ मा अमेरिकाले बम खसालेको थियो। हिरोशिमा खसेको बमको नाम लिटल ब्याई र नागासाकीमा खसालिएको बमको नाम फ्याट म्यान राखिएको थियो ।
संख्याका हिसावले हिरोशिमामा बढि मानिस मरेका थिए।
जापानका १८ शहर सुचिमा
जापानका १८ वटा शहर आक्रमणका सुचिमा परेका थिए। ती मध्य क्युटो, हिरोशिमाम, योकोहामा, कुकोरा, निगाता प्रमुख थियो। तर क्युटो शहर पछि आक्रमण गर्ने संभाव्य स्थानबाट हटाइएको थियो। कारण थियो अमेरिकी वार सेक्रेटरी हेनरी एल स्टिमसनले क्युटोमा हनुमुन मनाएका थिए। उनि क्युटोको सास्कृतिक र ऐतिहासिक पृष्ठभुमिबाट पनि जानकार थिए ।
अमेरिकानै मित्र..
हिरोशिमा र नागासाकीमा भएको आक्रमणपछि जापानले ठुलो प्रगती गर्यो् तर लाखौ मानिस मार्ने अमेरिका तर्फ कहिल्यै औला उठाउन सकेन् बरु एउटै गठबन्धनमा बसेर अमेरिकासंग सहकार्य गरिरहेको छ।
उत्तरकोरिया र चीन शत्रु.
जापानले यतिखेर उत्तर कोरया र चीनलाई विरोधीमा रुपमा सुचिकृत गरेको छ । चीनसंग एउटा टापुका विषयलाइ विवादमा छ जापान भने उत्तर कोरियाले मिसाइल आक्रमण गर्ने डरमा जापान छ। दक्षिण कोरयासंघ पनि खासै राम्रो सम्वन्ध छैन् जापानको ।
see more at:
http://nepaliheadlines.com/atomic-bombings-of-hiroshima-and-nagashaki.html
Comments[ 0 ]
Post a Comment